site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्व वरीयताको दोस्रो स्थानका भिक्टरसँगै प्रिन्स पेरिस ओलम्पिकको समूह ‘पी’ मा

काठमाडौं । नेपालका ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक–२०२४ को समूह चरणमा विश्व ब्याड्मिन्ट वरीयताको दोस्रो स्थानका भिक्टर एक्सलसेनसँग खेल्ने भएका छन् ।

विश्व ब्याड्मिन्टन महासंघ (बीडब्लूएफ)ले सार्वजनिक गरेको तालिकाअनुसार प्रिन्स वरीयताको दोस्रो स्थानका एक्सलसेनसँगै समूह ‘पी’ मा परेका हुन् । यो समूहमा प्रिन्ससँगै डेनमार्कका एक्सलसेन, आयरल्यान्डका न्हात एन्गुयेन र इजरायलका मिसा जिलबेरमन छन् ।

Dabur Nepal
NIC Asia

ओलम्पिकमा ब्याड्मिन्टन जुलाई २७ देखि अगस्ट ५ सम्म हुने तालिका छ । ओलम्पिकमा ब्याड्मिन्टनतर्फ विश्वभरका ४८ ओलम्पिक कमिटी र एक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि शरणार्थी ओलम्पिक टिमका १७४ खेलाडीले प्रतिस्पधा गर्नेछन् । जसमा पुरुष एकलतर्फ ४१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

ओलम्पिक तयारीका लागि प्रिन्स हाल श्रीलंकामा छन् । उनी नेपालबाट ब्याड्मिन्टनतर्फ ओलम्पिक खेल्ने पहिलो खेलाडीसमेत हुन् ।

449822272_1199433134843021_7747114162063371368_n-1720795064.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro