site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११ महिनामा वाणिज्य बैंकले कमाए साढे ५६ अर्ब नाफा
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा २० वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर, गत वर्षको ११ महिनाको तुलनामा नाफा १६ प्रतिशतले घटेको हो ।

गत वर्षको जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार सात वाणिज्य बैंकले नाफा बढाएका छन् भने बाँकी १३ वाणिज्य बैंकको नाफा घटेको छ । सर्वाधिक नाफा वृद्धि गर्नेमा कृषि विकास बैंक लिमिटेड छ ।

यो बैंकले गत वर्षको तुलनामा नाफा ९३.४१ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको जेठसम्म यो बैंकले एक अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यो वर्षको जेठसम्म यो बैंकले तीन अर्ब दुई करोड नाफा आर्जन गरेको छ ।

त्यस्तै, जेठ मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । यो बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

सबैभन्दा कम नेपाल बैंक लिमिटेडले नाफा आर्जन गरेको छ । यो बैंकले एक अर्ब सात करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो वर्षको जेठसम्मको नाफा

Jestha-nafa-1720794817.JPG


 
गत वर्षको जेठ र अहिलेको तुलना

bank-1720794817.JPG

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro