राजनीति
काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शितलनिवासबाट निस्किएका छन् । राष्ट्रपतिसँगको भेटपश्चात् उनी शितलनिवासबाट बाहिरिएको स्रोतले जानकारी दियो ।
भेटमा के विषयमा संवाद वा छलफल भयो भन्ने कुरा खुलाइएको छैन । उनी संसद् बैठक सकिएपछि राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । प्रचण्डले आज सदनमा विश्वासको मत लिएका थिए । तर, उनले विश्वासको मत पाउन सकेनन् ।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ १८:३५
प्रतिक्रिया दिनुहोस्