site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नयाँ सरकारले जनताका सबै खालका अफ्ठ्यारो सल्टाउनु पर्छ : प्रेम सुवाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अफ्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।

विगतका सरकारहरूले भ्रष्टाचारलाई बढावा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उनले नयाँ सरकारले बाढी, डुबानपीडित जनतालाई राहत दिन ढिलाइ गर्न नहुने पनि बताए । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतबारे आफ्नो धारणा राख्दै सांसद सुवालले पटक पटक सरकार बन्ने परिपार्टीको अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

"आउने सरकारले संसद्लाई प्राज्ञिक थलो बनाउने, जनताका अफ्ठ्यारो सल्टाउने थलो बनाउने, पहिरो र डुबानबाट जनतालाई सुरक्षित राख्ने तथा पीडितलाई सम्बोधन गर्ने अपेक्षा गर्दछु । प्राकृतिक विपद् त बर्सेनि देखिएको हो । सरकार गम्भीर नहुँदा जनधनको ठूलो क्षति भएको हो," उनले भने ।

सांसद सुवालले नयाँ सरकारले संसद्लाई प्राज्ञिक थलोको रूपमा विकास गर्नुपर्ने बताए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro