site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
योगेशले प्रचण्डलाई भने– हामी नर्क जाँदै जाँदैनौँ, स्वर्ग सँगै लैजाउँला 

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई स्वर्ग जाँदा सँगै लैजाने बताएका छन् ।

शुक्रबार संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मतका लागि प्रस्ताव राख्ने क्रममा ओलीले 'असार १७ गते बिहान स्वर्ग र नर्क जहाँ गए पनि सँगै जाउँला, ०८४ को चुनाव सँगै लडौँला, पार्टी एक बनाउँला' भनेर धोका दिएको बताएका थिए ।

जवाफमा भट्टराईले आफूहरू नर्क नजाने र स्वर्ग जाँदा प्रचणडलाई सँगै लैजाने बताए ।

उनले देश विकासका लागि लगानी सम्मेलनमा आएको ६ अर्बको आश्वासन पर्याप्त नभएको पनि बताए र विश्वासको वातावरण निर्माण हुन नसक्दा लगानी पर्याप्त नआएको उनको भनाइ छ । उनले विश्वासको वातावरण निर्माण गरेर देशको विकास गर्न र स्थिरता दिन वर्तमान गठबन्धन बनेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro