site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश फेरि माफियाहरुको हातमा जान लाग्यो, जनता जाग्नुस् : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुयष्पकमल दाहाल प्रचण्डले आफूले सुशासनका लागि काम गर्नु नै सरकार ढाल्ने आधार बनेको भन्दै देश माफियाको हातमा जान लागेको बताएका छन् ।

विश्वासको मत माग्ने प्रस्ताव राख्न उभिएका प्रधानमन्त्री प्रचण्डले देश माफियाको हातमा जान लागेको भन्दै जनता जाग्ने बेला भएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो, होइन भने फेरि देश माफियाकै हातमा जान लाग्यो,” प्रधानमन्त्री प्रचण्डले भने, “यति धेरै हाइ प्रोफाइल कहिल्यै पक्राउ परेका छन् । अहिले पनि उपप्रधानमन्त्री भएका व्यक्ति प्रहरी हिरासतमै हुनुहुन्छ ।” 

उनले आफू सरकारमा नभए पनि नक्कली भूटानी शरणार्थी प्रकरणसहितका काण्डको कसरी पटाक्षेप हुन्छ भनेर निगरानी गरिरहने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्