site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान संशोधनको नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने दुस्साहस भयो : प्रचण्ड
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने दुस्साहस नगर्न चेतावनी दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेलाई यस्तो चेतावनी दिएका हुन् । 

“सहमति नाघेर छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने दुस्साहस नगर्नु होला,” उनले भने । 

उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर पनि साक्षी राखेर गरिएको बताए । प्रचण्डले दुई दललाई कसैले मिलाएको पनि दाबी गरे । “तपाईंहरूलाई कसैले मिलाएको हो । किन मिलाएको हो । घाम जत्तिकै प्रष्ट छ । झुटमा राष्ट्रिय सहमतिको बर्को ओड्नुभएको छ,” उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्