
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको मिलनले प्रतिगमन र निरंशुकताको चिन्ता बढाएको बताएका छन् ।
संविधान नमिची सरकार बनाउन प्रचण्डको अनुरोध, कांग्रेसलाई भने– संसद् चाहिँ बचाउनुहोला (पूर्णपाठ)
उनले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरंकुशतालाई नै प्रवद्र्धन गर्ने दाबी गरे ।
“मलाई डर प्रतिगमन र निरंकुशताको छ । सामन्यत, लोकततन्त्रमा मुख्य प्रतिस्पर्धी मिलेर सरकार बनाउँदैनन्,” विश्वासको मत लिन उभिएका प्रचण्डले भने, “अमेरिका, बेलायत, भारत त्यहाँ मुख्य प्रतिस्पर्धी मिलेर कुनै सरकार बनाएका छन् ? तपाईंहरुले ती राष्ट्रलाई अझ आदर्श ठान्नु हुन्छ ।”
उनले नेपालमा पहिरो आउँदैछ भनेर नमिलेको बताए ।
“तपाईंहरु बाढी पहिरो आउन लाग्यो भनेर मिल्नुभएको त पक्कै होइन,” प्रचण्डले भने, “संसारभरका इतिहासले भन्छ– पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्रलाई कमजोर बनाएका छन् । निरंकुशतालाई नै बढाएका छन् ।”
उनले राष्ट्रिय सहमति गर्न मुख्य दल नमिल्ने भन्दै त्यसरी मिल्ने हुँदा अँध्यारो कोठा पनि नचाहिने बताए ।
“पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ? कसको घरमा गएर सहमति गर्नुभएको छ ?,” प्रश्न गर्दै उनले भने, “तपाईंहरु राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नुभएको होइन । कसैले तपाईंहरुलाई मिलाइदिएको छ ।”