site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा प्रदूषित खाने तेलको ‘स्क्यान्डल’ले हल्लीखल्ली 
SkywellSkywell

बेइजिङ । इन्धनको ट्यांकरमा खाने तेल ढुवानी गर्दा त्यो प्रदूषित भएको विषय सामाजिक सञ्जालमा फैलिएपछि चीन सरकारले अनुसन्धान गर्ने भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले सम्भावित खाद्यान्न प्रदूषण भन्दै चासो व्यक्त गरेपछि घटना सार्वजनिक भएको हो ।

इन्धनका ट्यांकरहरू राम्रोसँग सफा नगरी खाने तेल र सिरपजस्ता सामग्री ढुवानी गर्ने गरिएको सरकार नियन्त्रित बेइजिङ न्युजले जनाएको छ ।

Dabur Nepal
NIC Asia

उक्त समाचारपत्रमा एक चालकलाई उद्धृत गर्दै लेखिएको छ, “प्रदूषित इन्धनको ट्रकमा खाने तेलको ढुवानी यति व्यापक छ कि यो उद्योगहरूमा ‘ओपन सेक्रेट’जस्तै छ ।”

चीन सरकारमाथि आममानिसको विश्वासमा यो घटनाले धक्का दिएको जनाइएको छ ।

एक्सजस्तै चिनियाँ सामाजिक सञ्जाल विबोमा दशौं हजार पोस्ट यस विषयमा गरिएका छन् । त्यस ‘स्क्यान्डल’बारे दशौं लाख मानिसले सामाजिक सञ्जालमा हेरेको पाइएको छ ।

‘खाद्य सुरक्षा सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो’ लेखिएको एउटा कमेन्टमा आठ हजार ‘लाइक गरिएको छ ।

अर्को एउटा कमेन्टमा सर्वसाधारण मानिस विश्वमा बाँच्नु भनेको पहिला नै आश्चर्यजनक विषय भइसकेको जनाइएको छ ।

सन् २००८ मा चीनमा दूधसम्बन्धी यस्तै एउटा स्क्यान्डल फैलिएको थियो । रासायनिक तत्त्व मेलामाइनसँग दूध प्रदूषित भएर तीन लाख बालबालिका बिरामी परेका थिए । तीमध्ये कम्तीमा ६ बालबालिकाको मृत्यु भएको थियो । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu