site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको निरन्तरता

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकलाई क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ ।

यसअन्तर्गत भारतीय नागरिकले भारतीय भुक्तानी सेवा प्रदायक (जस्तै; भिमपे, पेटीएम, गुगलपे आदि)को माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान सेवालाई निरन्तरता दिएको हो ।

Dabur Nepal
NIC Asia

यो सेवाअन्तर्गत नेपालका विभिन्न व्यापारिक स्टोरहरूमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछ्न । यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइमा पुर्‍याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै नेपाल आउने भारतीय पर्यटकलाई लक्षित गरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रूपमा प्रदान गर्न यस बैंकले आफ्ना संस्थागत ग्राहकहरूसँग आवश्यक सहकार्य समेत  गर्नेछ । डिजिटल भुक्तानीका माध्यमको नवीनतम प्रयोगप्रति बैंक प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

महालक्ष्मी विकास बैंकले देशभर १०३ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro