site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविमाथि पार्टीबाटै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ : मुकुल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रवि लामिछानेमाथि सहकारी र पासपोर्ट प्रकरणमा छानबिन गर्न उच्चस्तरीस्य समिति गठनको माग गरेका छन् ।

आफूमाथि भएको कारबाहीपछि पहिलोपटक पत्रकार सम्मेलन गरेका ढकालले लामिछानेमाथि सर्वोच्च अदालतले नै अनुसन्धान गर भनेकाले पार्टीले पनि छानबिन समिति गठन गर्नुपर्ने बताए । 

“हिजो उहाँ (रवि लामिछाने)ले आफूले कुनै सहकारीबाट ऋण लिएको छैन र आफूविरुद्ध जाहेरी पनि छैन भनिरहनुभएको थियो,” ढकालले भने, “तर सर्वोच्च अदालतले उहाँमाथि गम्भीर प्रश्न उठाएको छ । त्यसकारण पार्टीबाटै उच्चस्तरीय समिति बनाएर उहाँमाथि छानबिन गर्नुपर्छ ।” 

उनले पासपोर्टका विषयमा पनि पार्टीबाट छानबिन हुनुपर्ने बताए । रविसँग दुईवटा पासपोर्ट रहेको उनको आरोप छ । 


 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro