site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुकुलको टिप्पणी– प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने रविलाई मेरो शैली मन पर्दैन 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित महामन्त्री मुकुल ढकालले रवि लामिछानेलाई केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवको शैली मन पर्न थालेको आरोप लगाएका छन् । 

उनले आफूलाई ‘बालपन’, बच्चापन’ भयो भन्दै आफ्नो शैली र छविमा आँच लगाउने काम रवि लामिछानेबाट भएको बताए । बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने, “अहिले धारा ३ अनुसार सरकार बन्छ कि भनेर रवि लामिछाने त्यो सरकारमा जान पाइन्छ कि भनेर टुसुक्क परेर बसिरहनु भएको छ । प्रचण्ड ओली र देउवाको शैली मन पर्नेलाई मुकुल ढकालको शैली कहाँ मन पर्छ ?”  

उनले महामन्त्रीलाई बालक र ‘अपरिपक्व’ भन्ने प्रमाणित गर्न बन्द कोठामा बैठक बसेर लाइभ नगरिएको बताए । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्