site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको खुलासा– संविधान संशोधनको लागि आयोग बनाउने सहमति भएको होइन 
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका लागि आयोग बनाउने विषय सत्य नभएको खुलासा गरेका छन् । 

बुधबार पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले अनुभवहरूले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने बताए । “कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्नेकुरा केही पनि भएको छैन । मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो,” उनले भने । 

KFC Island Ad
NIC Asia

एमाले र कांग्रेसबीचको गठबन्धन बनाउँदा संविधान संशोधनका लागि आयोग बनाउने चर्चा चलेको थियो । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा आयोग बनाउने चर्चा भएको थियो । तर, ओलीले यो विषयलाई नकारेका छन् ।

“एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ जाने भन्नेकुरा भ्रम फैल्याउनका लागि भनिएका हुन् । प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो,” उनले भने । 

अध्यक्ष ओलीले संघीयतालाई सफल बनाउने दिशामा जानुपर्ने भन्दै खाली संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन नसक्ने बताए । 

उनले संविधान गतिशिल कुरा भएको भन्दै समाजको पथप्रदर्शनक भएको उल्लेख गरे । “संविधानको समयानुकूल रूपमा परिमार्जित हुँदै जानुपर्छ । त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौँ,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro