site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रालयको बाँडफाँट भइसकेको छैन : अध्यक्ष ओली 
फाइल तस्बिर । 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । 

उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा भइनसकेको स्पष्ट पारे । को–को सरकारमा सहभागी हुने सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कांग्रेस र एमालेले बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए । अध्यक्ष ओलीले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जानेगरी छलफल भइरहेको जानकारी दिए । 

उनले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीको स्थान निर्धारण गर्ने बताए । 

अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताए । उनले उद्यमशिलता, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रिकीकरणमा ध्यान दिन आवश्यक रहेको बताए । 

उनले उत्पादनका लागि पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । जनतालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्