site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिल्नुअगाडि झगडामै उत्रिने कांग्रेस–एमाले, कस्तो बेलामा भइरहेको छ सहकार्य ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । २०५५ साल असोज १ गते बिहीबार । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकमा संसदीय इतिहासमै बिरलै हुने घटनामध्ये एक भयो, सत्तापक्ष–प्रतिपक्षबीच डरलाग्दो भिडन्त । कारण थियो– स्थानीय स्वायत्त शासन विधेयक आफ्नो अनुकूल बनाउने प्रयत्न ।

भदौको दोस्रो साताबाटै सत्तारुढ कांग्रेस र नेकपा माले तथा विपक्षी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई धारमा देखिएका थिए ।

असोज १ गते सभामुख रामचन्द्र पौडेलले सत्तापक्ष र प्रतिपक्षबीच झगडा भइरहेका बेला विधेयक पारितका लागि प्रस्ताव गरेपछि झडप भएको थियो । झडपमा सदनभित्र सात लहरसम्मका टेबुल–कुर्सी, माइक तोडफोड भएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक राजेन्द्र पाण्डेले आपत्ति जनाउँदै कार्यसूचीबाट उक्त प्रस्ताव नहटाएर जबर्जस्ती पारित गर्न खोजे प्रतिपक्षले नछाड्ने चेतावनी दिए । उनले सर्वदलीय सहमतिबेगर उक्त प्रस्ताव पेस गर्न नहुने अडान राखेका थिए । उनले आफ्नो धारणा राख्दै वेल घेराउका लागि प्रतिपक्षका सांसदलाई संकेत गर्दै अघि बढे । 

सभामुखले वेल घेराउमा प्रतिपक्षका सांसदहरु उत्रिएपछि मर्यादापालकलाई घेराउ गर्न आदेश दिए । वेलमा मर्यादापालक र एमालेका सांसदहरुबीच धकेलाधकेल भयो । त्यही मौकामा एमालेका सांसद विष्णुबहादुर राउत मन्त्रीको टेबलमा ठोक्किन पुगे । उनी टेबुलमा ठोक्किएपछि त्यसको असर मालेका तर्फबाट मन्त्री भएका राधाकृष्ण मैनालीमाथि पर्‍यो ।

Royal Enfield Island Ad

मन्त्रीको कुर्सीमा बसेका मैनाली उठेर राउतमाथि हात हाले । त्यसपछि एमालेका सांसदहरु मैनालीमाथिको आक्रमणमा उत्रिए । किनकि भर्खरमात्रै एमाले फुटेर माले बनेको थियो । त्यसको रिसमा थिए दुवै पक्ष ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त्यसबेलासम्म संसद् हलमा प्रवेश गरेका थिएनन् । दुवै पक्षबीच हानाहान हुन थालेपछि कांग्रेसका सांसदहरु मन्त्री मैनालीसहित उपप्रधानमन्त्री शैलजा आचार्यलाई जोगाउन लागे ।

त्यसपछि कांग्रेस र मालेका सांसदहरु पनि वेलमा प्रवेश गरे दुवै पक्षबीच झडप सुरु भयो ।  झडपका क्रममा एमालेका सांसदहरु राउत, रामचन्द्र झा, पद्म भण्डारी, डेढराज खड्का, सोमप्रसाद पाण्डेय र बुद्धिमान तामाङ घाइते भए ।

संसद्मा लहरै राखिएका कुर्सी र टेबल कामै नलाग्नेगरी भाँचिए । लहरैलहरकासबैजसो कुर्सी र टेबल भाँचिएका थिए । यही होहल्लाका बीच सभामुखले विधेयक पारितका लागि प्रस्ताव गरे । 

त्यसपछि सभामुख एकाएक बैठक सकिएको घोषणा गर्दै मर्यादापालकको बाक्लो घेराबन्दीबीच राजदण्ड अघि लगाउँदै सदनबाट भागे । जब उनी बाहिरिए त्यसपछि एमालेका सांसदहरुले सभामुखको च्याम्बर फुटाउन लागे । 

राष्ट्रपति निवासमा केही समयअघि पौडेलसँग सभामुखकालीन संसदीय घटनाबारे कुराकानी गर्दा उनले भने, “समितिबाट पारित विधेयक एमाले सदनबाट आज पनि पास नगर, भोलि पास नगर भन्छ । मैले तिनलाई भनेँ– तिमीहरूले भन्दैमा रोक्न मिल्छ ? सदनको काममा यसरी डिक्टेट गर्न मिल्छ ? मैले जसरी पनि प्रक्रिया अघि बढाउँछु ।”

कुराकानीका क्रममा तत्कालीन सभामुख पौडेलले भने, “संसदीय व्यवस्थामा बहुमतलाई निर्णय गर्न पाउँदैनन् भनी अड्डी लिइरहन मिल्छ ? बहुमतको निर्णय लागू गर्न जबरजस्ती गर्नुपर्छ त ? हुलहुज्जत गरेर वा विरोध गरेर सबै बहुमतलाई निर्णय गर्नमा रोक्न मिल्छ ? यसरी संसदीय व्यवस्था कसरी चल्छ ?”

अति रोमाञ्चक त्यस बेलाको घटना उनले स्मरण गरे । संसद् विपक्षको मात्र नभई सरकारको पनि भएको दलिल पेस गर्दै उनले भने, “संसदीय प्रक्रियामा बहुमतले ल्याएको प्रस्ताव रोक्ने काम गर्नु हुँदैन । अनि, विपक्षले जे भन्यो त्यही मात्रै लागू हुँदैन । सरकारका प्रस्ताव पारित हुन दिनुपर्छ, जसको जस या अपजस उसैले व्यहोर्छ ।”

कांग्रेस–माले एकातिर, एमाले–राप्रपा अर्कातिर यसरी झगडा चलिरहेकै थियो । दुई महिनापछि मंसिरमा मालेले सरकारबाट बाहिरिने निर्णय गर्‍यो ।

माले बाहिरिएसँगै फेरि कांग्रेस र एमाले वार्ताको उपक्रम चल्यो । तत्कालीन गिरिजाप्रसाद कोइरालालाई बलियो बनाउने गरी कांग्रेस–एमालेको सरकार बन्न पुग्यो,  प्रतिनिधिसभा विघटन गर्दै संसदीय चुनावमा जाने सहमतिसहित ।

यतिठूलो झगडा परेका दुई दल कांग्रेस र एमाले तीन महिनापछि नै एक ठाउँमा उभिने वातावरण बनेको थियो । पुस १० गते प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै सिफारिसमा एमाले र नेपाल सद्भावना पार्टी सहभागी भए ।

प्रमुख राजनीतिक पार्टीहरुबीच १५ सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति बनेपछि एमालेका नेता भरतमोहन अधिकारी, प्रदीप नेपाल, भीम रावल, अमृतकुमार बोहोरालगायत नेताहरु सरकारमा सहभागी भए ।

कोइरालाले पुस ३० गते संसद्मा फेरि विश्वासको मत लिए । विश्वासको मत पाए संसद् विघटन गरेर चुनावमा जाने घोषणा पहिल्यै गरेका थिए । सोहीअनुसार विश्वासको मत पाउनासाथ संसद् विघटन गर्दै चुनावमा जाने घोषणा गरे ।

त्यसलगत्तै भएको निर्वाचनमा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै चुनावमा होमिएको थियो । 

०५६ वैशाखमा भएको चुनावपछि सत्तामा पटक– पटक उतार चढाव देखियो । कांग्रेसले आफ्नै सरकार पटक– पटक ढाल्यो । त्यही कार्यकालमा कांग्रेसका तीनजना नेता प्रधानमन्त्री भए ।

निर्वाचनलगत्तै कांग्रेसका कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । उनको सरकार २०५६ चैत ४ गतेसम्म रह्यो । प्रतिनिधिसभामा रुँदै राजीनामा गर्नुपर्ने अवस्थामा उनी पुगे । त्यसपछि कांग्रेसकै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । 
कोइरालालाई हटाएर फेरि देउवा प्रधानमन्त्री बने । देउवाले चुनावका लागि संसद् विघटन गरे ।  तर उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले खेलाए । यो खेल चलिरहेकै बेला ०५९ असोज १८ मा देउवालाई हटाउँदै राजाले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए ।

त्यसपछि सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । उनलाई पनि हटाएपछि राजाले फेरि नेपाली कांग्रेस (प्रजातान्त्रिक)का सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाए । उक्त सरकारमा आन्दोलनमा रहेको एमाले ‘प्रतिगमन आधा सच्चियो’ भन्दै सहभागी भयो । 

एमालेका नेताहरु ईश्वर पोखरेल, भरतमोहन अधिकारी, रघुजी पन्तलगायतका नेताहरु सहभागी भए । उनीहरुको सरकारमा पटक पटक मतभेद भए । सहजरुपले यो सरकार अघि बढ्नै सकेन । सरकारमा रहे पनि दुई पार्टीको मेल कहिल्यै भएन । चुनाव गराउने विषयमा होस् वा मूल्यवृद्धिका सन्दर्भमा पटक पटक विवाद देखिए ।

२०६१ माघ १८ गतेसम्म उनीहरुको सरकार चल्यो । तर राजाले ‘कू’ गर्दैछन् भन्नेसमेत भेउ त्यो सरकारले पाएन । माघ १९ २०६१ मा राजाले ‘कू’ गरेपछि कांग्रेस, एमाले, राप्रपालगायतका राजनीतिक दलका नेताहरुलाई घरमै नजरबन्द गरियो ।

२०४६ सालको जनआन्दोलनलगत्तै बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वमा पनि वर्तमान एमालेका नेताहरु सहभागी भए पनि उनीहरु त्यसबेला संयुक्त वाममोर्चाका तर्फबाट सहभागी थिए ।  संयुक्त वाममोर्चाकाललाई गणना नगर्ने हो भने कांग्रेस र एमालेको सरकार बनेको त्यो दोस्रोपटक थियो । 

२०६२–६३ मा जनआन्दोलन भयो । जनआन्दोलनलगत्तै २०६३ जेठ ८ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । शान्ति प्रक्रिया टुंगोमा पु¥याउन र संविधान निर्माणको कार्यभार उक्त सरकारको थियो ।

कोइराला नेतृत्वको सरकारमा एमालेका नेता केपी शर्मा ओली परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित सरभागी भए ।

उक्त सरकारमा एमालेका नेताहरु राजेन्द्रप्रसाद पाण्डे, प्रदीपकुमार ज्ञवाली, मंगलसिद्धि मानन्धर, उर्मिला अर्याल पनि सहभागी भएका थिए । कोइराला नेतृत्वको सोही सरकारमा पछि अन्तरिम संविधान जारी भएपछि नेकपा माओवादी पनि सहभागी भयो ।

कोइराला नेतृत्वको सरकारले पहिलो संविधानसभाको चुनाव २०६४ चैत २८ गते गराउँदै बिदा भयो ।  संविधानसभा निर्वाचनलगत्तै ठूलो मतसहित माओवादीले सरकारको नेतृत्व गर्‍यो, तर तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने कि नहटाउने भन्ने विषयमा विवाद भएपछि उक्त सरकार ढल्यो ।

कांग्रेसले समर्थन गरेर एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने । नेपाल नेतृत्वको सरकारमा कोइरालापुत्री सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्रीसहित सरकारमा सहभागी भइन् ।

२०६६ जेठ १० गते एमाले नेता नेपाल प्रधानमन्त्री चयन भएका थिए । माओवादीका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले कटवाल प्रकरणमा राजीनामा दिएपछि नेपाल प्रधानमन्त्री बनेका थिए ।

नेपाल नेतृत्वको सरकारलाई तत्कालीन माओवादीले स्वीकार गरेन । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको टेकोमा अडिएको सरकार संविधानसभाको म्याद थप गर्ने विषयमा राजीनामासँग सम्झौता गरिएको थियो ।

संविधानसभाको म्याद थप गर्ने विषयमा भएको सहमतिलगत्तै नेपालले राजीनामा दिएका थिए ।

सुशील नेतृत्वमा एमाले 

पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बन्यो । कांग्रेस नेतृत्वमा थिए सुशील कोइराला । उनै कोइरालाको नेतृत्वमा सरकार बन्यो । एमालेका नेता वामदेव गौतमसहितको टोली उक्त सरकारमा सहभागी भयो ।

कोइराला नेतृत्वको सरकारका बेला माओवादी प्रतिपक्ष भूमिकामा थियो । २०७० साल माघ २६ गते दुई दलबीच सात बुँदे सहमति भएको थियो । २०७० सालमा सरकार बन्नुअघि पनि कांग्रेस र एमालेबीच संविधानका प्रावधानमा धेरै नै विमति थिए ।

शासकीयस्वरुपदेखि निर्वाचन प्रणालीसम्म यी दलका विमति थिए । पटक–पटक चर्का बहस भएको केहीमहिनामै फेरि दुई दल मिलेर सरकार बनाएका थिए । सत्ता सहयात्री नेकपा माओवादी केन्द्रलाई कहिले एमालेले त कहिले कांग्रेसले अघि सारेकै बेला यी दुई दलबीच फेरि बेला बेला चर्काचर्की भइरहेको थियो ।

गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सहभागी भएको विषयमा छानबिनका लागि बनाउने भनिएको संसदीय छानबिन समितिको विषयलाई लिएर पनि यी दुई दल चर्कै झगडामा उत्रिएका थिए ।

कांग्रेस–एमाले जसरी झगडा गर्दैथिए, लाग्थ्यो कि यिनीहरुबीच कहिल्यै मेल हुने छैन ।  एमाले अध्यक्ष केपी शर्मा ओली सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन खातिर कांग्रेसविरुद्ध लागिपरेकै थिए । यहाँसम्म कि सदनमा ओली स्वयं वेलमा कांग्रेससँग भिड्न पुगेका थिए ।

कांग्रेस एमालेबीच त्यो घटना भएको धेरै भएको छैन, त्यो गत जेठ ३ गतेकै हो । त्यो घटना भएको डेढ महिना पार हुनै लाग्दा कांग्रेस–एमालेबीच एकाएक घाँटी जोडिन पुग्यो । त्यतिबेला ओली कांग्रेसविरुद्ध राम्रैसँग खनिँदै रवि लामिछानेलाई सहकारी प्रकरणबाट मुक्त गराउन कुनै कसर बाँकी राखेका थिएनन् ।

डेढ महिनाअघि सदनमा त्यो दृश्य देखेकाहरुले एमाले–कांग्रेसबीच यति छिट्टै मन–मत मिल्छ भन्ने कल्पना गर्न सक्ने अवस्था थिएन ।  तर, राजनीति भनेको सम्भावनाको खेल बनाउँदै असार १७ कै मध्यरातमा मिलेर सरकार बनाउने सहमति गरेका छन् । 

कांग्रेस–एमालेले विगतमा सरकार बनाएकै हुन् । त्यसअर्थमा यो गठबन्धन नौलो होइन । हुन सक्छ, सरकारी कुर्सीमा पात्रहरु पनि पुरानै अनुहार भरिभराऊ सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro