site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कार्यसूचीमा काठमाडौंको खानेपानीदेखि अंगदान र प्रत्यारोपणसम्म 
SkywellSkywell

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । 

बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राज्यको मूलप्रवाहमा दलित समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलित आयोगले खेल्दै आएको भूमिका बारेमा छलफल हुनेछ । 

Dabur Nepal
NIC Asia

पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल गर्ने कार्यसूची छ । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिका लागि देखिएका समस्या र चुनौतीका विषयमा छलफल हुने बताइएको छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अंगदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था समस्या तथा चुनौती र भावी कार्यदिशामा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक बिहान साढे १० बजे बस्नेछ ।     
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu