site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभामा सांसद कार्कीले खोजिन् गृहमन्त्री, चौधरीले औँल्याए अस्थिरताको कारण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री संसद् बैठकमा समेत नआएको भन्दै उनको खोजी गरेकी हुन् । उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद् बैठकमा जानकारी गराउन माग गरिन् । गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताइन् । यतिबेला फाइलको कुरा गर्ने बेला नभएको भन्दै जनतालाई संकटबाट मुक्त गर्न सोच्नुपर्ने उल्लेख गरिन् । 

"देशभर बाढीपहिरो र डुबानले जनताहरू मारमा परेका छन् । तर, उहाँ (गृहमन्त्री) यहाँ उपस्थित हुनुभएन । म उहाँको मनस्थिति बुझ्छु, उहाँलाई अत्यन्तै पीडाबोध भएको छ । किनभने फाइलहरू खुल्न थालेका छन् । यो त अर्को सरकारले पनि खोलिदिएला । कहीँ उहाँ आफ्नै फाइलसँग पनि सशंकित हुनुहुन्छ कि जस्तो लाग्यो । यो फाइलका कुरा, बेचन झाका कुराहरु अहिले गर्ने बेला होइन । यो त नेपाली जनतालाई कसरी संकटबाट मुक्त गर्ने भन्नेकुरा सोच्नुपर्ने बेला हो । वर्षातको समय बाँकी छ । जनतालाई मर्न नदिने कुरा सोच्ने बेलामा अर्कै कुरा गर्नुहुन्छ । आएर सत्यतथ्य जानकारी दिनुस् संसदलाई । यो तपाईको कर्तव्य हो । गृहमन्त्री यहाँ उपस्थित हुनुपर्छ," उनले भनिन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मूल कारण प्रधामन्त्रीको कुर्सी मोह भएको बताए । उनले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरू सबै दोषी भएको बताए । 

"देश नबन्नुमा २०४६ सालदेखि अहिलेसम्म ३५ वर्षको अवधिमा जो–जोले नेतृत्व गर्नुभयो । उहाँहरू सबै दोषी हुनुहुन्छ । अझै पटक–पटक प्रधानमन्त्री बन्नुभएको सबैभन्दा धेरै दोषी हुन्छ । दुईतिहाइ वरिपरिको सरकार पनि चलाउन नसक्ने, सहयात्री दलहरूले सहयोग गर्दा पनि समीकरण फेरिरहने, १८ महिनामा पाँचपटकसम्म विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जनाको मूल कारक नेतृत्व नै हो," उनले भने । 

उनले सत्ता सहयात्री दलहरूले साथ दिदाँदिदै पनि समीकरण फेरिरहने नेतृत्व अस्थिरताको मूल कारण भएको पनि बताए । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro