site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमाले नेतृत्वले विपद्‌मा पनि सरकारलाई काम गर्न दिएन : हरि ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कांग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् । 

नयाँ सरकार आउँदैछ भनेर कांग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरूलाई असहयोग गर भनेको उनको जिकिर थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले विपद्को यो बेला पनि सरकारलाई कामै गर्न नदिएको भन्दै कांग्रेस–एमालेप्रति आक्रोश व्यक्त गरे । उनले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषीलाई पक्राउ गर्ने काम सरकारले सुरु गरेपछि नयाँ सत्तासमीकरण बनाएको बताए । 

"हामी आउँदै छौँ भनेर कर्मचारीहरूलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्धार गर्नुपर्ने बेलामा यो विपद्को घडीमा पनि हामी आउँदैछौँ असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ । यो चाहिँ कुन चरित्र हो ? कुन शैली र संस्कारको राजनीतिको ? यही बीचमा फाइल खोल, फाइल खोलको आवाज गुञ्जयमान हुँदै गर्दा भुटानी शरणार्थीको फाइल खुलेर बेचन झा समातिने बित्तिकै समीकरणनै फेरबदल किन ?," उनले भने ।

सांसद ढकालले मुलुकलाई बर्बाद पार्ने काम ठूला दलहरूले गरेको पनि बताए ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro