site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा एमाले सचिवालय बैठक बस्दै, यस्तो छ एजेन्डा
फाइल तस्बिर । 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ । 

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । नेपाली कांग्रेस र एमालेबीच अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । चुनावी सरकार भने कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन गर्ने यी दुई दलबीच सहमति भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्