site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शंकर पोखरेल
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन लागेको सरकार राजनीतिक स्थायित्वका लागि भएको बताएका छन् । 

ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै उनले संकटको अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउने र जनतामा रहेको निराशालाई आशामा परिणत गर्न गठबन्धनको सरकार बनाउन थालिएको बताए ।

KFC Island Ad
NIC Asia

महासचिव पोखरेलले अब बन्ने सरकार देश र जनताका समस्या समाधानका लागि अन्तिम विकल्प भएको समेत बताए । मुलुकका दुई ठूला दल सम्मिलित सरकार देशका समस्या समाधान गर्न र जनतामा पैदा भएको निराशालाई आशामा परिणत गर्न नसके राष्ट्र नै असफल हुन सक्ने उनको भनाइ छ ।

“जनतामा निराशा, अर्थतन्त्रमा संकट, समाजमा एक प्रकारको असन्तुष्टि पैदा भएको बेला त्यसलाई कसरी चिर्न नयाँ सरकार गठन हुन लागेको हो,” उनले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro