site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीलाई सिंहको आग्रह– अझै पदमा हुनुहुन्छ, भ्रष्टाचारीलाई कारबाही गर्नुस् न
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले देशलाई अहिलेको अवस्थाबाट निकास दिनुबाहेक विकल्प नभएको बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशलाई निकास दिन ठूला राजनीतिक दलले सोच्ने बेला आइसकेको बताए । संविधान संशोधनका लागि दुई ठूला राजनीतिक दल मिल्नु राम्रो भएको उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

"जुन अवस्था देशको छ, त्यसलाई निकास दिनेबाहेक अर्को विकल्प छैन । त्यसका लागि ठूला पार्टीले सोच्ने बेला आइसकेको छ," सिंहले भने ।

उनले भ्रष्टाचार गर्ने कुनै पनि नेतालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरेको छ ।

"जसको जसको फाइल बनेको छ, जसले भ्रष्टाचार गरेका छन्, म रविजीलाई भन्न चाहन्छु, अझै गृहमन्त्री हुनुहुन्छ, तत्काल कारबाही गर्नुस् न नेपाली जनताले यो चाहेका छन् । अहिलेसम्म खालि एउटाले अर्कोलाई आरोप लगाउनेबाहेक कुनै काम भएको छैन । गलत काम कोही ठूला नेताले गर्छ भने कारबाही गर्नुस् । निर्दोषलाई फसाउन पाइँदैन," सिंहले भने ।

उनले मन्त्रीका लागि राप्रपा मरिहत्ते नगर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro