site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

नेपाल सरकार नयाँ नयाँ चुचुराहरू चड्न अनुमति दिने तयारीमा छ तर विश्वको सर्वोच्च शिखर सगरमाथामा भने फोहोरको थुप्रो लागेको छ । नयाँ शिखर खोल्ने क्रममा सगरमाथालगायतका व्यस्त हिमाल चुचुरामा केही समयका लागि आरोहण अनुमति नदिनु उचित देखिन्छ । 

पर्यटन विभागले आरोहणका लागि खोल्न लागेको ५७ नयाँ हिमाल ५ हजार मिटरभन्दा माथि ६ हजार ५ सय मिटरसम्म अग्ला छन् । हिमालहरूलाई बिस्तारै आरोहणका लागि खुला गर्ने नीतिअनुसार यी हिमालहरूमा आरोहण अनुमति दिने तयारी गरिएको हो । 

आरोहणका लागि नयाँ हिमालहरू खुला गर्दा त्यसबाट पर्ने दीर्घकाली वातावरणीय प्रभावप्रति भने सरकारको ध्यान दिने गरेको देखिँदैन । नत्र, विश्वको सर्वोच्च शिखर सगरमाथामा यसरी विश्वलाई नै चिन्तित गराउने गरी फोहोर रास थुप्रिन पाउने थिएन । 

KFC Island Ad
NIC Asia

हुनत यसरी खोलिने सबै चुचुरामा आरोहण हुने पनि होइन । अहिलेसम्म ४ सयभन्दा बढी शिखरहरू खोलिए पनि करिब ७० वटा हिमाल चडिएका छैनन् । यसैले नयाँ हिमाल खुलाउने होडमा सम्भावना र उपयुक्तताको पाटोलाई बिर्सनु उचित होइन । 

सम्भावनायुक्त नयाँ चुचुराहरूलाई आरोहणका लागि खुला गर्दै जाने नीति अनुचित होइन । यसबाट देशमा पर्यटन व्यवसाय र रोजगारी पनि बढ्छ । तर, आर्थिक लाभको लोभमा फोहोरको नियन्त्रणलगायत वातावरणीय पक्षलाई बेवास्ता गर्नु भने आत्मघाती हुनेछ । 

सर्वोच्च शिखर सगरमाथामा थुप्रिएको फोहोर नेपालले विगतमा गरेको आत्मघाती गल्तीको उदाहरण त हो नै भविष्यमा आइपर्ने सङ्कटको सङ्केत पनि हो । आरोहीले आरोहणका क्रममा छाडेको पचासौं टन पोहोरले सगरमाथालाई नै आक्रान्त बनाएको छ । 

यसैले केही समयका लागि सगरमाथा आरोहण अनुमति बन्द गरेरै भए पनि त्यहाँ थुप्रिएको फोहोरको डुंगुर तल झारेर व्यवस्थापन गर्नु सम्भवतः अहिलेका लागि उत्तम उपाय हुनसक्छ । सगरमाथाको संवेदनशीलता बुझेका मर्मज्ञ र विज्ञहरूले पनि सर्वोच्च शिखरलाई थकाइ मार्न दिनुपर्ने सुझाव दिएका छन् ।

सर्वोच्च शिखरको आरोहण केही समयका लागि स्थगित गर्दा आरोहीलाई लक्षित सुविधाका व्यवसायीलाई पक्कै मर्का पर्न सक्छ । यस्तै सगरमाथा आरोहणबाटै जीविका चलाउनेहरूलाई पनि समस्या पर्न सक्छ । सरकारले यस्ता समस्यामा ध्यान भने दिनुपर्छ ।

सगरमाथा आरोहीले फोहोर अलपत्र  छाड्न नपाउने नियम लागु भइसकेकाले एक वा दुई वर्ष  सफाइ अभियान चलाएमा सर्वोच्च शिखर सधैँका लागि उसको गौरवअनुरूप स्वच्छ हुनेछ । यति गर्न सके नेपालले विश्वकै सामु गर्व गर्न सक्नेछ । 

जलवायु परिवर्तनलगायतका कतिपय कारणले यसमा पर्ने प्रभाव रोक्न नेपालको मात्र प्रयासले नपुग्ला । तर, राज्यले दृढता देखाए सर्वोच्च शिखरको पवित्रता र स्वच्छता जोगाउन सगरमाथाको क्षमताले धान्न नसक्ने चाप रोक्न यसलाई थकाइ मार्न दिन सक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro