site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
‘उडायो सपना सबै हुरी’ले गीत गाएर राजीनामा दिए हुन्छ प्रधानमन्त्रीज्यू : सांसद गैरे 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले विपद्‌मा सरकार रमिता हेरेर बसिरहेको आरोप लगाए ।

‘रोम जलिरहेको अवस्थामा राजाले बाँसुरी बजाएर बसेको’ कथनजस्तै ‘घोर’ अल्पमतमा परेको प्रचण्ड सरकारले पनि बाँसुरी बजाइरहेको उनले टिप्पणी गरे । “सरकार यस्तो पनि हुँदो रै’छ कहिले कहिले, गीत गाएर बसेको छ । बरु, उडायो सबै सपना हुरीले गीत गाएको भए हुने नि !,” उनले भने ।

KFC Island Ad
NIC Asia

सांसद गैरेले आफू अल्पमतमा परेको थाहा हुँदाहुँदै प्रधानमन्त्री प्रचण्ड ‘धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको’ आरोप लगाए । प्रधानमन्त्रीले ‘अस्थिरता, बेथिति र विभाजनतर्फ देशलाई लैजान प्रयत्न गर्दै सदनमा पनि सोहीअनुरूप तर्क–वितर्क भइरहेको’ उनले उल्लेख गरे ।

“लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि, बहुमत गुमाएपछि कुनै धारा उपधारा खोज्नु पर्दैन, नैतिक रूपमा सरकार एक मिनेट हैन, सेकेन्ड पनि बस्ने नैतिक आधार रहँदैन,” उनले भने, “तत्काल नयाँ सरकार बनाउन सहज बनाउन अनुरोध गर्दछु ।”

उनले अल्पमतमा परेका प्रधानमन्त्रीलाई तुरुन्त राजीनमा दिन र दुईतिहाइको सरकार बनाउने मार्गप्रशस्त आग्रह गरे ।

सांसदहरू विद्या भट्टराई र अच्युतप्रसाद मैनालीले पनि नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई अनुरोध गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro