site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'असार २८ गतेसम्म परिस्थिति फेरिन्छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ'
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाउने सम्भावना रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गरे ।

"मलाई विश्वास छ, (असार) २८ गतेसम्म थोरै परिस्थिति फेरबदल आउँछ । र, प्रधानमन्त्रीकै निरन्तरतामा अगाडि बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिरहेका छौँ । भलै त्यो हुन सकेन भने पनि नेकपा(माओवादी केन्द्र)को तर्फबाट हामीले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौं," उनले भने ।

उनले माओवादी केन्द्रले जनताप्रति जवाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भूमिका निर्वाह गर्ने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro