site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्र ल्यायो : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुअघि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले दुईवटा मात्र राम्रो काम गरेको बताए । तीमध्ये पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

तर, मन्त्रिपरिषद्बाट गरिएको निर्णय किन कार्यान्वयन नभएको भन्ने जवाफ दिन उनले माग गरे । उनले पूर्वका विद्यार्थीका निम्ति त्यो सुनौलो अवसर भए पनि निर्णय कार्यान्वयन नगरिँदा निराशा छाएको बताए ।

उनले अर्थमन्त्री वर्षमान पुनले करको दफा ५७ संशोधन गर्ने कोसिस गरेको भन्दै धन्यवाद दिए । दफा ५७ संशोधनले नेपालका उद्योगी र नयाँ स्टार्टपका निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको उनले उल्लेख गरे ।

सांसद शर्माले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भयो’ गीत सुनाए । उनले प्रचण्ड नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्र ल्याएको टिप्पणी गरे । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro