site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । बैठक आज बिहान ११ः १५ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८१’ माथि दफावार छलफल गरियोस् भनेर प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

यस्तै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथिको दफावार छलफलका लागि प्रस्ताव गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै ‘भन्सार महसुल विधेयक, २०८१’ माथि छलफलपछि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, सो विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro