site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
मुख्यमन्त्री सतिशकुमार सिंह । फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शनिबार बसेको मधेस प्रदेशसभाबाट उनले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभा बैठकमा उपस्थित १०१ मध्ये मुख्यमन्त्री सिंहलाई ६७ सांसदले विश्वासको मत दिए । विपक्षमा ३४ मत परेको थियो । उनलाई बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

मुख्यमन्त्री सिंहलाई नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रदेशसभा सदस्यले मत दिएका थिए । त्यसअघि, उनले शनिबार नै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए ।

मधेस प्रदेशसभामा चौथो ठूलो दलका रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गएको जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro