site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस प्रदेश सरकारका ६ मन्त्री बर्खास्त
मुख्यमन्त्री सतिशकुमार सिंह । फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चार दलका ६ मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई शनिबार बर्खास्त गरिएको हो ।

नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमतिअनुसार उनले चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका हुन् । अर्थमन्त्री भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री बेची लुंगेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायातमन्त्री उर्मिला चौधरीलाई बर्खास्त गरिएको छ ।

६ दलको समर्थनमा जनमत पार्टीका सिंह गएको जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । आजै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मधेस सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ ।

मुख्यमन्त्री सिंहले आजै विश्वासको मत लिँदै छन् । नयाँ समीकरणका हिसाबले प्राविधिक समस्या हुँदा बर्खास्त गर्नुपरेको उनले बताए । उनले कुनै मन्त्रीले असहयोग नगरेको उल्लेख गरे ।

मन्त्रीहरूकै सहमतिमा बर्खास्त गरिएको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro