site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको बजेट बढाउने मन्त्री शर्माको प्रतिबद्धता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि आगामी वर्षमा पर्याप्त बजेट विनियोजन गरिने बताएकी छन् । 

आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि १० करोड मात्रै बजेट विनियोजन गरेकोमा सरकारको चौतर्फी आलोचना भइरहेका बेला मन्त्री शर्माले आगामी वर्षमा पर्याप्त बजेटको व्यवस्था गर्ने बताएकी हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् । 

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र यौनिक तथा लैंगिक अल्पसंख्यकको हित संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उनको भनाइ छ । भइरहेका नीति र कानुनहरू परिमार्जन गर्ने पनि गरिने उनको भनाइ छ । 

मन्त्री शर्माले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन हुनेगरी कानुन परिमार्जन गर्ने बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्