site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् सचिवालयलाई एमालेको पत्र– समर्थन फिर्ता लिइसक्यौँ, अब हामी प्रतिपक्ष हो

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराएको छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद्का महासचिवलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पत्रमा बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरेर राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गरेका छन् । यसैका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता गरिएको पत्रमा उल्लेख छ ।

प्रमुख सचेतक बर्तौलाले एमाले संसद्‌मा प्रतिपक्षमा रहने पनि पत्रमार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्