site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेद्वारा संसद्लाई जानकारी 

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । 

पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद् महासचिवलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले बताए ।  

पत्रमार्फत प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गरेका छन् । यसैका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता गरिएको उनले बताएका छन् । 

प्रमुख सचेतक बर्तौलाले एमाले सदनमा प्रतिपक्षमा रहने पनि पत्रमार्फत जानकारी गराएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro