site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन् । 

बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका हुन् । 

Dabur Nepal
NIC Asia

उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे । कांग्रेस–एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उनको भनाइ छ । संविधान संशोधनको मुद्दा स्पष्ट रूपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रूपमा आए पार्टीमा छलफल गर्ने जिकिर गरे । 

उनले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मक रूपमा सहमतिको प्रयास भइरहेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताए ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu