site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

दुग्ध उत्पादक किसानहरूले निजी डेरी व्यवसायीबाट करिब चार अर्ब रुपियाँ भुक्तानी पाउन बाँकी छ भने डेरी सञ्चालकहरू ‘मिल्क होलिडे’ गर्ने तयारीमा छन् । दुग्ध उत्पादन व्यवसायमा देखिएको यस्तो विसङ्गति जनसाधारणका समस्याप्रति सरकार संवदनहीन हुनुको परिणाम हो ।  

दूध उत्पादक किसान र डेरी सञ्चालकहरू दूग्ध  व्यवसायका अभिन्न अङ्ग हुन्  ।  यिनीहरू एकअर्काका प्रतिस्पर्धी नभएर परिपूरक हुन् । तैपनि धेरैजसो यी दुई समूहबीच द्वन्द्व हुनेगरेको छ । यिनको द्वन्द्वको मार भने सधैँ नै उपभोक्ताले सहँदै आएका छन् ।

डेरी सञ्चालकले अहिले नै दुग्ध पदार्थ विक्री नभएर सञ्चित हुनपुगेकाले सरकारले बेलैमा त्यसको समाधानका लागि ठोस नीति नल्याए ‘मिल्क होलिडे’ गर्ने चेतावनी दिएका छन् । व्यवसायीले किसानहरूको दूग्ध उत्पादन खरिद नगर्ने अवस्थालाई ‘मिल्क होलिडे’ गर्ने भनिन्छ ।

Agni Group
NIC Asia

दूग्ध उत्पादक किसानहरूले भने ‘मिल्क होलिडे’को चेतावनीलाई व्यवसायीको षड्यन्त्रका रूपमा हेरेका छन् । त्यही मौका छोपेर डेरी सञ्चालकहरूले आफूसँग नबिकेर थुप्रिएको उत्पादन बिकाउने दाउ छोप्न खोजेका हुन् भन्ने किसानहरूको ठहर छ ।

दुग्ध पदार्थलगायत कृषि उपजमा आत्मनिर्भर हुने गुड्डी हाँकेर नथाक्ने शासकहरू भने किसानका समस्याप्रति कहिल्यै गम्भीर र संवेदनशील भएको देखिँदैन । किसानले दूध बेचेको अर्बौं रुपियाँ पाउन बाँकी भएको थाहा पाएर पनि भुक्तानी दिलाउन सरकारले खासै चासो देखाएन । 

Global Ime bank

विशेषगरी निजी क्षेत्रका व्यवसायीले सरकारले भेदभाव गरेको आरोप लगाएका छन् । सरकारी डेरीलाई करोडौं रुपियाँ सहुलियत ऋण दिँदा निजी क्षेत्रका लागि सरकारले कुनै सुविधा नदिएको उनीहरूको गुनासो छ । उदार अर्थ व्यवस्था अपनाएपछि यसरी भेदभाव गर्नु न्यायोचित होइन ।  

निजी क्षेत्रका डेरी व्यवसायीले पनि होला कि भनेरै व्यवसायमा लगानी गरेका हुन् । उनीहरूको व्यवसाय दूग्ध उत्पादक किसानमा निर्भर हुन्छ । एकाधको नियत खराब भए पनि अधिकांश व्यवसायीले किसानलाई ठग्ने नै मनसुवा राखेका त पक्कै छैनन् ।

व्यवसायी र किसानका बीचमा मध्यस्थता गरेर दुवै पक्षको हितको रक्षा गर्ने कर्तव्य सरकारको हो । सरकारी बेवास्ताका कारण किसानले नोक्सान सहनुपर्ने हुनथाल्यो भने तिनले गाईभैँसी पाल्न छाड्नेछन् । त्यसपछि उपभोक्ताका लागि आवश्यक दूग्ध पदार्थ विदेशबाट आयात गर्नुपर्नेछ । 

बेलैमा सरकारले उत्पादक, व्यवसायी र उपभोक्ता सबैको हित हुने उपाय खोजेर बक्यौता रकम भुक्तानी गराउन र किसानहरूलाई ‘मिल्क होलिडे’का नाममा हतोत्साही गर्ने प्रयास रोक्न अग्रसरता देखाओस् । यति त काम चलाउ सरकारले नै गरे पनि त हुन्थ्यो नि !   
   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu