site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलको बैठक आह्वान
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । आउँदो शनिबार बस्ने गरी बैठक बोलाइएको दलले बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्