site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा बैठकमा सांसदले गरे ‘रुलिङ’ माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा बैठकको शून्य समयमा मंगलबार सांसदहरूले समसामयिक विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभा सदस्य कमला पन्तले वर्षाका कारण बाढीपहिरो र डुबानको समस्या भएको उल्लेख गरिन् । मुलुकको अवस्थाका बारेमा सभामा जानकारी गराउनुपर्ने उनले माग गरिन् ।

उनले राष्ट्रियसभाका अध्यक्षले ‘रुलिङ’ गर्ने गरे पनि सरकारको जवाफ नआउने गरेको गुनासो गरिन् । उनले एक हप्ताभित्र सरकारको जवाफ आउने गरी पुनः रुलिङको माग गरिन् ।

Dabur Nepal
NIC Asia

राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशका जनताप्रति सरकार निर्मम भएको बताइन् । उनले काठमाडौंले आफूलाई शासक र कर्णालीका जनतालाई रैति ठानेर पर्याप्त बजेटको व्यवस्था नगरिएको आरोप लगाइन् । संघीयतामा साधनस्रोतको समान वितरण नभएको उनले गुनासो गरिन् ।

“कर्णाली प्रदेशप्रति नेपाल सरकार फेरि निर्मम बनेको छ । राज्य एकीकरणको प्रक्रियासँगै केन्द्रीय सत्ताको कोपभाजनमा परेको कर्णाली प्रदेशको दशा अझै उस्तै छ,” उनले भनिन् ।

राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले बुटवल–नारायणगढ सडकखण्ड छिटो बनाउन सरकारलाई रुलिङ गर्नुपर्ने माग गरे । कैलालीको भजनी र टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा भयावह रूपमा बाढी आउने गरेको भन्दै उनले समयमै सचेत भएर आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।

राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले नेपालका सडक मानव मृत्युको साधन बनिरहेको भन्दै तत्काल सुधार गर्नुपर्नेमा जोड दिए । ट्राफिक नियमलाई कडाइका साथ पालना गर्नुपर्ने र चालकलाई सचेतना गराउनुपर्ने उनले बताए ।

राष्ट्रियसभा सदस्य सुरेशकुमार आलेले अहिलेको व्यवस्था पुँजीवादी भएको भन्दै भ्रष्टाचारको अन्त्य नहुने टिप्पणी गरे । भ्रष्टाचार अन्त्य गर्न समाजवादी व्यवस्था ल्याउनुपर्ने उनको भनाइ थियो ।

“...यो व्यवस्थामा भ्रष्टाचार नहोस् भनेर भन्नु डुङडुङ्ती गन्हाउने कुकुर काखमा लिएर मगमग बास्ना आइदिए हुन्थ्यो भनेजस्तै हो । यो सम्भव छैन,” उनले भने, “हामी भ्रष्टाचार नहुने समाजवादी व्यवस्थातिर जानुपर्ने हुन्छ । त्यो बारेमा धेरै चिन्तनमनन भएको पाइँदैन ।” न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro