site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

हालै नेपाल प्रहरीमा बढुवा क्रममा भएको दुईवटा ‘बेथिति’का प्रतिनिधि उदाहरण प्रकाशमा आएका छन् । कोही महिनौ अगाडि पद रिक्त हुँदा पनि बढुवा नगरिँदा अवकाशमा गएका छन् भने कसैलाई दुई दिनका लागि बढुवा गर्न पद रिक्त नहुँदै सिफारिस गरिएको छ ।

नेपाल प्रहरीभित्र सरुवामा मात्र होइन बढुवामा पनि बेथिति हुने पुरानै रोग हो । दुर्भाग्य, राजनीतिक व्यवस्थामा भएको आमूल परिवर्तनपछि पनि ‘पाँडे पजनी’ प्रवृत्तिमा भने सुधार हुनसकेन । यसरी अन्याय गर्नेहरूमाथि प्रश्न नउठाइने हो भने सम्भवतः यस विकृतिको अन्त्य पनि हुँदैन । 

Agni Group
NIC Asia

नेपाल प्रहरी अस्पतालमा करिब दुई महिना पहिलेदेखि प्रहरी नायब महानिरीक्षकको पद रिक्त भएको थियो । तर, बढुवा प्रक्रिया सुरु नै नगरिएपछि योग्यता पुगेका दुई अधिकृत वरिष्ठ प्रहरी उपरीक्षक पदबाटै अवकाशमा गए । बढुवा प्रक्रिया स्वचालित भएको भए उनीहरूमाथि अन्याय हुने थिएन । 

अर्को प्रतिनिधि उदाहरणले भने सत्ताको चरम दुरुपयोगको पोल खोल्छ । कसैको कृपा पाएकै कारण एकजनालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई दिनका लागि बढुवा गरिने भएको छ । उमेर हदका कारण बढुवा भएको दुई दिनपछि नै उनले अवकाश पाउनेछन् । 

Global Ime bank

यसमा थप रोचक पक्ष के छ भने ‘दुई दिने’ बढुवा गर्ने निर्यण गरिँदा माथिल्लो दरबन्दी रिक्त पनि भएको छैन । प्रस्तावित बढुवा खाने अधिकृतले अवकाश पाउनुभन्दा दुई दिन पहिलेमात्र उमेरहदकै कारण पद रिक्त हुनेछ । ‘अजब नेपाल’का शासकको गजबको तरिका !

यस्तो ‘लाजमर्दो’ बढुवाको निर्णय गर्ने सिफारिस समितिमा गृहसचिव संयोजक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव हुन्छन् । समितिका सदस्यहरूले विवेकसम्मत रूपमा अधिकार प्रयोग गर्नुको साटो कसैको ‘माथिको आदेश’मा निर्णय गरेको अनुमान सहजै गर्न सकिन्छ ।  

यसपटकको ‘बढुवा बेथिति’ गृहमन्त्रीको इसारामा भएको आरोप लगाइएको छ । तालुकवाला विभागीय मन्त्री हुनाले प्रत्यक्ष संलग्नता नभए पनि यस बेथितिको नैतिक जिम्मेवारी त गृहमन्त्रीकै हुन्छ । त्यसमाथि ‘दुई दिने’ बढुवाका पात्रसँगको गृहमन्त्रीको सम्बन्धको सार्वजनिक नालीबेली पत्याउन नपर्ने आधार पनि देखिएको छैन । 

सरुवा बढुवामा हुने बेथिति यसरी नै बढ्दै जाने हो भने राज्यको जनतासँग पहिलो सम्पर्क हुने नेपाल प्रहरीको अवस्था थप कति क्षतविक्षत होला अनुमान गर्न पनि सकिँदैन । अहिलेको सरकारबाट सुधारको अपेक्षा नभए पनि राज्यकै साख गिर्ने गरी थप बेथिति नगरिदिए हुनेथियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय