site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले चिया खान बोलाए, देउवा बालकोट गए !
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्तासाझेदार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो देउवा भक्तपुरको बालकोटस्थित ओलीनिवासमा पुगेका हुन् ।

भेटवार्ता देउवाका साथमा उनकी पत्नी आरजु राणा पनि थिइन् । ओलीको निमन्त्रणामा देउवा बालकोट पुगेका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“सत्तारूढ घटकका अध्यक्षले हाम्रो पार्टी सभापतिसँग भेट्न चाहनुभयो र उहाँ (केपी ओलीले चिया खान बोलाउनुभयो । उहाँ (शेरबहादुर देउवा) चिया खान जानुभएको हो,” उनले बाह्रखरीसँग भने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, राष्ट्रिय समस्यालगायत विषयमा ओली र देउवाबीच छलफल भएको हुन सक्ने उनको अनुमान छ । “भेटमा टीआरसी, केही राष्ट्रिय समस्या छन् । सरकारको काम–कारबाही सर्वत्र चित्तबुझ्दो छैन । यी नै विषयमा अन्तरंग कुराकानी भएको हुनुपर्छ,” उनले भने ।

Global Ime bank

ओलीपक्षले भने भेटबारे जानकारी दिन चाहेन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय