site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

यस वर्ष प्रकाशित एसईईको परीक्षाफलले केही सङ्केत गर्छ भने त्यो हो सरकारी विद्यालयको तालुक अड्डा शिक्षा मन्त्रालय पूरै ‘फेल’ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजाअनुसार आधाभन्दा कम अर्थात् ४७.८६ प्रतिशत परीक्षार्थीमात्र ‘उत्तीर्ण’भएका छन् ।

परीक्षाको मूल्याङ्कन विधिमा परिवर्तन गरेजस्तै पढाइको गुणस्तर सुधार गर्नमा ध्यान दिइएको भने कक्षा १० का आधाभन्दा बढी करिब ५२ प्रतिशत विद्यार्थी कक्षा ११ मा पढ्न ‘अयोग्य’ हुनेथिएनन् । विगत १० वर्षमा एकातिर विद्यालय शिक्षालाई कक्षा १२ सम्म पुर्‍याइयो भने मूल्याङ्कनको आधारमा कहिले अङ्क, अहिले अक्षर र यसपटक दुवैको प्रयोग गरियो । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा विद्यालय शिक्षालाई १२ कक्षासम्म विस्तार गरिसकेपछि १० कक्षाको परीक्षा (एसईई)लाई यसरी हाउगुजी बनाउनुपर्ने थिएन । तर, परीक्षा सञ्चालनको तामझाम, खर्चपर्च र कमिसनको उठतीपुठतीले हो कि सरकारी अधिकारीहरूले भने एसईई परीक्षालाई ‘फलामे ढोका’ बनाइराखेकै छन् । यही चलखेलमा बिचरा विद्यार्थी र अभिभावकलाई रनभुल्लमा पारिएको हुन्छ । 

यस वर्षको नतिजाले पनि ‘राजकीय समाजवादी’हरूको टाउको थप दुखाउने देखिन्छ । राज्यले जिम्मा लिएको सरकारी विद्यालयका तुलनामा ‘शिक्षाको व्यापार’ गर्ने निजी क्षेत्रबाट सञ्चालित विद्यालयको परीक्षाफल उत्कृष्ठ रहेकोछ । कक्षा ११ मा पढ्न अयोग्य ठानिएकामध्ये ८८ प्रतिशतभन्दा बढी विद्यार्थी सरकारी विद्यालयका रहेका छन् । 

Global Ime bank

विद्यार्थीलाई विनाअवरोध अगाडि बढ्ने गर्ने मौका दिनुभन्दा अयोग्य भनेर पन्छाउनु उपयुक्त ठान्ने अनुदार मानसिकता अहिलेको शिक्षा प्रणालीमा पनि कायमै रहेको देखियो ।  कक्षा १० मा राम्रो अङ्क ल्याउन नसक्ने विद्यार्थीले ११ वा १२ मा उत्कृष्ट नतिजा ल्याउन सक्छ । राम्ररी पढाउन सके कुनै विद्यार्थी पनि अनुत्तीर्ण हुँदैन । 

यस्तै, कक्षा १० को परीक्षालाई हाउगुजी बनाइरहँदा उनीहरूसँगै १० वर्षअगाडि कक्षा १ मा भर्ना भएका बालबालिकामध्ये  पछाडि नै छाडिएलाई पनि राज्यले नबिर्सोस् । कक्षा १२ सम्म पढ्न पाउने हक त संविधानले नै सुनिश्चित गरेको छ । सकेसम्म कुनै बालबालिका पछाडि नछुट्ने सरकारले सुनिश्चित्  गरोस् ।  अगाडि पढ्न नसक्ने वा नचाहनेका लागि प्रावधिक/व्यावसायिक शिक्षाको अवसर सुलभ बनाउनुपर्छ । 

यसैले सरकारी विद्यालयको पठनपाठनमा सुधारमा सरकारले ध्यान केन्द्रित गरोस् । शिक्षा प्रणालीमा हचुवामा प्रयोग गरिरहँदा अहिलेकोजस्तो यता न उताको अवस्थामा पुगिँदो रहेछ । सँगै निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई पनि तिनले गरेको योगदानका लागि राज्यले प्रोत्साहन दिनुपर्छ । कारिन्दा र कार्यकर्ताको सङ्कीर्ण आँखाबाट शिक्षालाई हेर्न छाडौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय