site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाई फार्मदेखि पारालम्पिकसम्मको यात्रा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । फरक क्षमता भएकै कारण भरतसिंह महताले भोगेका नमिठा अनुभवको सूची लामै छ । दार्चुलाको पनि अन्तिम गाउँ अपिहिमालस्थित रिगुरधंकाङकामा जन्मिएका भरतको जन्मजातै एउटा हत्केला थिएन । यसैकारण उनले टोल छरछिमेकमा सामान्य मानिसजस्तो व्यवहार पाएनन् ।

तर, उनै भरत अहिले यसै वर्ष फ्रान्सको राजधानी पेरिसमा हुने पारालम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने तेक्वान्दो खेलाडी बन्दै छन् ।

अपांगता भएकाले नै गाउँमा भरतले खुबै अपमान सहे । स्कुल पढ्दा साथीहरूले गिज्याउँथे । कहिलेकाहीँ शिक्षकबाट समेत अपमानजनक व्यवहार भोगेको नमिठो अनुभव भरतसँग छ । सँगैका साथीहरू र शिक्षकबाट समेत त्यस्तो व्यवहार हुँदा भरतमा ‘डन’ बनेर ‘सबलाई तह लगाउँछु’ भन्ने भावना आउँथ्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनी त्यस्तै बने पनि । गाउँमा हुँदा कतिसँग झगडा नै गरे । गाउँमा ‘डन’कै तक्मा पाएका उनलाई आफू गलत बाटोमा छुँ भन्ने महसुस पनि भएन । हुन्थ्यो पनि कसरी, त्यही समाजको व्यवहारले नै भरतलाई ‘डन’ बन्न बाध्य बनाएको थियो ।

तर, तेक्वान्दोबाट फरक पहिचान बनाएपछि सोही गाउँ अहिले भरतप्रति गौरवान्वित छ । पारालम्पिकमा छनोट भएपछि उनलाई अपिहिमाल गाउँपालिकाले ५० हजार रुपैयाँबाट सम्मानसमेत गरेको छ ।

Royal Enfield Island Ad

कोभिड–१९ महामारीका कारण सरकारले दोस्रोपटक गरेको देशव्यापी लकडाउन समाप्त भएपछि २०७८ सालमा उनी काठमाडौं आए । राजधानी आएपछि भरतको जीवनले नयाँ मोड लियो । उनले २०७९ सालदेखि पारातेक्वान्दो सुरु गरे । यसपछि भने भरतका सबै नकारात्मक भावना हराए । उनी यसैमा आफूलाई निर्खान लागिपरे ।

अहिले भरत पारालम्पिकसम्मको यात्रा सबैभन्दा धेरै कृतज्ञ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगीप्रति कृतज्ञ छन् । उनी गुरु नेगीलाई आफ्नो ‘गड फादर’को रूपमा चिनाउँछन् ।

“गाउँमा हुँदा सानैदेखि गाउँले र साथीहरूबाट फरक व्यवहार भोगेँ । सरहरूले समेत फरक व्यवहार गर्दा निकै नरमाइलो लाग्दो । गाउँमा पूर्वजन्मको कर्मले यस्तो भएको हो भन्ने मान्छेहरू पनि थिए । त्यसैकारण गुन्डा बनेर सबलाई तह लगाउँछु भन्ने सोच थियो,” बाह्रखरीसँगको कुराकानी भरतले सुनाए, “तर, मान्छेलाई वरपरको वातावरणले पनि फरक पार्ने रहेछ । कविराज नेगी लामा गुरुसँग प्रशिक्षण सुरु गरेपछि भने मेरो सबै नकारात्मक भावनाहरू हराए । त्यसैकारण आज म ओलम्पिकसम्म पुग्न सकेँ । मेरा लागि गुरु गड फादर हुन् ।”

2-1719644439.jpg
 

१८ महिनामै पारालम्पिक

जन्मजात एक हातको हत्केला नभए पनि आफू सामान्य मान्छेभन्दा कम रहेको सोच भरतमा कहिल्यै हाबी हुन पाएन । उनी गाउँमा भलिबल खेल्थे । राम्रो खेल्ने भए पनि एक हातको नाडीले बल प्रहार गर्दा फाउल हुने भएपछि उनले भलिबल छाडे । खेलकुदमा रुचि भए पनि भरतले आफ्ना लागि उपयुक्त खेल पहिचान गर्न सकेनन् ।

काठमाडौं आउँदासम्म भरतलाई अपांगता भएका मान्छे पनि व्यावसायिक खेलाडी बन्न सक्छन् भन्ने भेउसम्म थिए । भरतले नजिकका आफन्त पर्ने गोवर्धन महताबाट पारा खेलकुदबारे सुने । यसपछि पारा खेलकुदको खुल्दुलीले भरतलाई छोडेन । यसबारे बारे बुझ्न एक महिनासम्म धेरै ठाउँ धाए । यसैक्रममा उनले नेपाल अपांगता महासंघमा सिता भण्डारीसँग भेट भयो । पारा तेक्वान्दोकै पूर्व खेलाडीसमेत रहेकी भण्डारीबाट यसबारे जानकारी दिइन् । उनैले भरतलाई सातदोबाटोमा कविराज नेगी लामाबाट पारातेक्वान्दो प्रशिक्षण हुने बताइन् ।

सुरुमा भण्डारीले भरतलाई बास्केटबलको खेल्न सुझाइन् । तर, भरतको चाहना एकल खेलमा थियो । त्यसैले भरतले तेक्वान्दो प्रशिक्षण गर्ने अठोट बुने । भण्डारीले नै प्रशिक्षक लामासँग भरतबारे कुरा राखिदिइन् । १८ महिनाअघि पारातेक्वान्दो प्रशिक्षणका निम्ति पहिलोपटक आइतबार पुगेको स्मरण भरतमा अझै ताजा छ । उनले प्रशिक्षणको पहिलो दिन अरू नियमित प्रशिक्षार्थीजत्तिकै प्रशिक्षण गरे । तर, पहिलो दिनको धपेडीले उनी तीन दिनसम्म थला परे । 

“पहिलो दिन प्रशिक्षणमा जाँदा मैले अरू नियमित प्रशिक्षण गरिरहेकाहरू जत्तिकै प्रशिक्षण गरेँ । पहिलो दिनको प्रशिक्षणले म बिरामी नै परेँ । मलाई मेरो भाइहरूले अस्पताल पुर्‍याएका थिए । मैले अस्पतालमा तीन बिताएँ । पहिलो दिन प्रशिक्षणमा जाँदा म ६१ किलो थिएँ । तीन दिन थला पर्दा घटेर ५५ किलोमा आएछु । करिब अढाइ घण्टाको प्रशिक्षणले मेरो ६ किलो तौल नै घटेको थियो,” भरत पारातेक्वान्दोका सुरुआती दिन सम्झिन्छन् ।

तर, उनले आफ्नो समर्पणमा कमी आउन दिएनन् । यसपछि पारातेक्वान्दो प्रशिक्षण भरतको नियमित काम बन्यो । भरतसँग हालसम्म दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोटमा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसपछि उनले भियतनामको दनाङमा जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागी भए ।

एसियाली छनोटको पहिलो खेलमा उनले इन्डोनेसियाका खेलाडीलाई पराजित गरे । भरत सेमिफाइनल भने मंगोलियाका खेलाडीसँग पराजित भए । तर, सेमिफाइनलसम्मको यात्रा तय गरेपछि उनले आफ्नो वरीयतामा लामो फड्को मारे । एसियाली खेलअघिसम्म उनी पारातेक्वान्दोको वरीयतामा थिएनन् । तर, छनोटपछि उनी वरीयताको ८१औँ स्थानमा आए ।

भियतनाममा भएको नवौँ एसियाली पारातेक्वान्दोमा काजाकिस्तानविरुद्ध जित निकाले । यही जित भरतको पारालम्पिक यात्राका लागि कोसेढुंगा बन्यो । उनले वरीयतामा २३ स्थान सुधार गरे । वरीयताको ५८औँ स्थानमा आएपछि भरतले ‘वाइल्ड कार्ड’का लागि निवेदन दिए । निवेदन सदर हुँदा भरत पेरिस पारालम्पिक–२०२४ मा पाराखेलकुदतर्फ नेपालबाट प्रतिनिधित्व गर्ने दोस्रो खेलाडी बन्ने भए । उनीअघि पारातेक्वान्दोकै पलेशाले छनोट चरण पार गरेर पारालम्पिकमा स्थान सुनिश्चित गरेकी थिइन् ।

1-1719644415.jpg
 

भरतले पेरिस पारालम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यस तौल समूहमा जम्मा १२ खेलाडी रहनेछन् । यस तौल समूहमा छनोट हुने भरत अन्तिम खेलाडी हुन् । भरत अब पारालम्पिकमा पदक जित्ने लक्ष्यमा छन् ।

“प्रतियोगिताका लागि प्रशिक्षण राम्रै भइरहेको छ । नेपालमा सुरुमै नयाँ खेलाडीहरूलाई कसरी पदक जित्ने बनाउने भन्ने सोच छैन । कुनै खेलाडीले पदक जितेपछि मात्र उसको चर्चा हुन्छ । अहिलेसम्म नयाँ खेलाडीको रूपमा यहाँसम्म आइपुगेको छुँ । अब देशका लागि पदक ल्याउने लक्ष्य छ,” उनले भने ।

कीर्तिपुरमा गाईपालन

गाउँमै हुँदा भरतले प्रेम विवाह गरे । करिब डेढ वर्षको प्रेम सम्बन्धलाई भरतले १८ वर्षको उमेरमा वैवाहिक सम्बन्धमा परिणत गरेका थिए । बिहेपछि भरत काठमाडौं आए । गाउँबाट आउँदा आमाले आफ्ना गहना बेचेर भरतको हातमा एक लाख रुपैयाँ धमाएकी थिइन् । काठमाडौं आएपछि केही गर्नुपर्छ भन्ने सोचसहित उनले गाई फार्म सुरु गर्ने योजना बनाए ।

आमाबाट पाएको पैसा पर्याप्त थिएन । तर, रोजगारीका लागि दक्षिण कोरियामा रहेका मामाको छोरा हरिश लोथ्यालबाट अपुग सहयोग सबै पाए । भरतले फार्म खोले । उनले पारातेक्वान्दो प्रशिक्षणलाई र फार्मलाई सँगै अघि बढाए । भरतको अहिले पनि कीर्तिपुरमा मेरो गाई फार्म छ । 

“आमाले दिनुभएको पैसा अपुग थियो । तर, विदेश जानुभएको हरिस दाइले बाँकी सहयोग गर्नुभयो । अझै पनि उनको ऋण तिर्न बाँकी नै छ,” भरत सुनाउँछन्, “तेक्वान्दो प्रशिक्षण सुरु गरेपछि म बिहान चार उठ्थेँ । मेरो हातले गाई दुहुन मिल्दैन थियो । त्यसैले श्रीमतीले गाई दुहुन्थिन्, म चारा बनाउथे । बिहान वस्तुभाउको सबै काम सकेर दूध कीर्तिपुरका ग्राहकहरूको घर–घरमा पुर्‍याउँथे । अनि बल्ल प्रशिक्षणका लागि सातदोबाटो आइपुग्थे ।”

3-1719644385.jpg
गाउँका मान्छेले जस्तो व्यवहारको सामना गरे पनि घरबाट भने भरतले राम्रो सहयोग पाए । चार दाजुभाइ र तीन दिदीबहिनीमध्ये भरत महिना सन्तान हुन् । घरबाट काम गर्नुपर्छ भन्ने दबाब कसैले दिएनन्, उनलाई । कमजोर सोचलाई हाबी हुन दिन हुँदैन भन्ने बलियो मानसिकता बोकेका भरत आफूजस्तै अन्य व्यक्तिहरूलाई पनि यस्तै सुझाव दिन्छन् ।

“मलाई अरूले गिज्याए पनि आफू कमजोर छु भन्ने महसुस कहिल्यै भएन । म पनि अरूजस्तै छु भन्ने बलियो भावना ममा थियो । आफू कमजोर छु भन्ने सोचेर बस्न हुँदैन भनेर मैले गाउँमा भलिबल र अरू थुप्रै खेलहरू पनि खेल्थे,” उनी भन्छन्, “अपांगता भएका मान्छेहरूको सोच नै कमजोर देख्छु । आममान्छे र हामीजस्ता सबैलाई हुने दुःख बराबर नै हो । त्यसैले आफूलाई कमजोर सोच्न हुँदैन । मेहनत गर्नुपर्छ, सबैको राम्रो हुन्छ नै ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro