देश
बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाती शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । गएराति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए ।
घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । रासस
प्रकाशित मिति: शनिबार, असार १५, २०८१ ०९:०३
प्रतिक्रिया दिनुहोस्