site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा १४ प्रतिशत धान रोपाइँ
फाइल तस्बिर ।

बेलबारी (मोरङ) । अन्नको भण्डार मानिने कोसी प्रदेशमा हालसम्म १४ प्रतिशत धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार ३८३.७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार ८८०.३५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कोसी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । कोसीमा गत वर्ष असार १४ गतेसम्म १६.९६ प्रतिशतमा धान रोपाइँ गरिएको थियो ।

प्रदेशका १४ जिल्लामध्ये सबैधन्दा धेरै झापामा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपिने गरेको निर्देशनालयकी सूचना अधिकृत पूर्णमाया गुरुङले जानकारी दिइन् । झापामा सबैभन्दा धेरै ७५ हजार ७५९.१८४ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार २२५ हेक्टरमा धान रोपिने गरेको उनले बताइन् ।

हालसम्म झापामा ११.३५ प्रतिशत, मोरङमा १०, सुनसरीमा ११, ताप्लेजुङमा २९.४०, सङ्खुवासभामा सात प्रतिशत, सोलुखुम्बुमा ३५, पाँचथरमा २९, इलाममा ३०, भोजपुरमा २७, तेह्रथुममा २५, धनकुटामा १२, उदयपुरमा १५.२५ प्रतिशत, ओखलढुंगामा १२.२५ प्रतिशत र खोटाङमा १३.४० प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

असार १५ गते ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइने तयारी रहेको कृषि विकास निर्देशनालय कोसी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए । विगतका तुलनामा कम रोपाइँ भए पनि यसवर्ष धानमा हाल्ने रासायनिक मलको भने अभाव नरहेको उनले बताए ।

राष्ट्रिय धान दिवसको अवसरमा मोरङको जहदा गाउँपालिकास्थित कृषि ज्ञान केन्द्र मोरङको आयोजनामा धान रोपाइँ कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले जानकारी दिए । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतको सहभागिता रहने प्रमुख सिंहले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro