site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई ज्ञापनपत्र : बूढीगण्डकी प्राधिकरण गठन नगरे आन्दोलन गर्ने बाबुरामको चेतावनी
फाइल तस्बिर

काठमाडौं । नेपाल समाजवादी पार्टीले बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका हुन् । 

Dabur Nepal
NIC Asia

ज्ञापनपत्रमा बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ । अधिकार र साधनस्रोत सम्पन्न बूढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए । 

त्यस्तै, प्राधिकरणमार्फत समग्र बूढीगण्डकी करिडोर विकासका कामहरु तिव्रताका साथ अगाडि बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

“अहिलेजस्तो विद्युत् प्राधिकरणअन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । उहाँहरूले चाहेमा संसद्‌मार्फत बूढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडि बढाउन हामीले भदौसम्म समय दिएका छौँ । भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ,” उनले भने । 

पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरुको माग भदौ महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro