site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसईईको नतिजाले देखाउँछ सरकार र शैक्षिक अवस्था ‘फेलियर’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को बिहीबार सार्वजनिक नतिजाअनुसार दुई लाख ४२ हजार ३१३ विद्यार्थी ‘नन् ग्रेडेड’मा परे । यीमध्ये एक लाख २६ हजार २९७ विद्यार्थी दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याएका छैनन् । उनीहरूले कक्षा १० दोहोर्‍याएर पढेमात्र अर्को वर्ष एसईई परीक्षा दिन पाउने भएका छन् । 

यही विषयमा शुक्रबारको प्रतिनिधिसभा बैठकमा बहस भएको छ । बैठकमा बोल्ने सांसदहरूले एसईई नतिजामा ५० प्रतिशतभन्दा बढी विद्यार्थीहरू असफल हुनु भनेको सरकार असफल हुनु हो भन्दै प्रश्न उठाएका छन् । १० वर्ष पढाउँदा पनि गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीले न्यूनतम उत्तीर्ण अंक पनि ल्याउन नसक्ने कस्तो शिक्षा प्रणाली बनायौँ भन्दै प्रश्न गरेका छन् । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक भएको हो । ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’मा पर्दा ५२ प्रतिशत परीक्षार्थी ‘नन् ग्रेडेड’मा परे । यही नतिजालाई लिएर सांसदहरूले आपत्ति जनाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले १० वर्ष सरकारले लगानी गर्दा पनि पास मार्क ल्याउन किन नसकेको भन्दै प्रश्न गरे । उनले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको विद्यार्थी नभई सरकार र सिंगो शैक्षिक प्रणाली फेलिएर भएको टिप्पणी गरे । 

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारलाई दुई लाख ८२ हजार ३१३ विद्यार्थीलाई अयोग्य घोषण गर्ने सरकारलाई अधिकार नभएको बताए । उनले १० वर्षसम्म एउटा विषय पठाउँदा ३५ नम्बर ल्याउन नसक्ने कस्तो शिक्षा प्रणाली विकास गरिए छ भन्ने प्रश्न उठाए । राज्यले अयोग्य विद्यार्थी उत्पादन गर्न मिल्छ भन्ने प्रश्न उनको थियो । 

Global Ime bank

“तिमी अयोग्य हौ पढेर खान सक्दैनौ योभन्दा अघि उच्च शिक्षा हासिल गर्ने तिम्रो हैसियत छैन भनेर घोषण गर्न मिल्छ ? अयोग्य घोषणा गर्न सरकारले सक्छ ?” उनले भने, “१० वर्ष पढाएर एउटा विषयमा ३५ नम्बर ल्याउन नसक्ने स्थिति कसरी आयो ? गणित ३८, ३१ प्रतिशत अंग्रेजी र ३० प्रतिशत विज्ञान विषयमा अनुत्तीर्ण छन् ?”

सांसद तेजुलाल चौधरीले कक्षा १ मा भर्ना भएका सात लाख विद्यार्थीहरू एसईई दिनेबेला कता हराउँछन् भन्ने प्रश्न गरे । साथै उनले ७७ हजार विद्यार्थी गणितमा मात्र अनुत्तीर्ण भएकोमा उनले आपत्ति जनाए । उनले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरे ।

“नेपालमा धेरैजसो गणित र विज्ञान शिक्षक स्कुलमा पाउन छोडिसकेको छ । म सरकारसँग जोडदार माग गर्न चाहन्छु, साँच्चै शिक्षालाई सुधार गर्ने हो भने गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न जोडदार माग गर्न चाहन्छु,” उनले भने । 

एसईईको नतिजाले सरकार असफल भएको टिप्पणी सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)बाटै आएको छ । पार्टी सांसद लेखनाथ दाहालले ५२ प्रतिशत असफल हुनु अध्ययन अध्यायपन वा राज्यको दोष हो भन्ने प्रश्न गरे । उनले नतिजा र शैक्षिक अवस्था समीक्षाको खाँचो औलाए । 

“परीक्षा प्रणालीमा समस्या छ कि नतिजा प्राणालीमा समस्या छ कि शैक्षिक मोडालिटीमा समस्या छ, समीक्षा गर्नैपर्छ,” उनले भने, “जुन विद्यालयमा विद्यार्थी छन्, शिक्षक दरबन्दी छैन । शिक्षक दरबन्दी भएकोमा विद्यार्थी छैनन् । दुवै भएकोमा भवन छैन्, सविधा सम्पन्न भवनमा विद्यार्थी र शिक्षक छैन ।”
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोसन कार्कीले पनि विद्यार्थी असफल नभइ सरकार र सिंगो राज्य नै असफल भएको टिप्पणी गरिन् । उनले शिक्षा प्रणाली पनि असफल भएको भन्दै नतिजाले कलिला विद्यार्थीको मनस्थिति के भएको होला भन्ने टिप्पणी गरिन् । 

“शिक्षा मन्त्रालय गम्भीर हुनुपर्छ । यसको बारेमा अध्ययन  हुनुपर्छ कि विद्यालयको शिक्षा नीति वा विद्यार्थीको कमजोरी हो ? यति ठूलो संख्यामा असफल भए ?” उनले प्रश्न गरिन् । 

सांसद रेखा यादवले ५० वर्षे पूरानो शिक्षा नीति कहिले अन्त्य गर्ने भन्दै प्रश्न गरिन् । उनले यस्तो नतिजा किन र कसरी आयो भन्दै प्रश्नैप्रश्न गरिन् । 

“विद्यार्थी नपढेको नतिजा हो ? विद्यालयको व्यवस्थापनमा त्रुटि वा शिक्षकहरूले पठाउन नजानेको हो ? शिक्षा नीतिले यस्तो भएको हो ?” उनले प्रश्न सोधिन् । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि असफल सरकार भएको बताए । साथै नेपालको विद्यालय र शिक्षालाई दातृ निकायको इसारामा चल्ने प्रयोगशाला बनाउन नहुने भनाइ उनको थियो । सांसद सुवालले शिक्षक नियुक्तिदेखि सामुदायिक विद्यालयमा पूर्वाधार, प्रयोगशाला, शैक्षिक सामाग्री, खेल मैदानलगायत अभाव नतिजामा झल्किएको उल्लेख गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय