site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुन–कुन स्थानमा छ भारी र धेरै भारी वर्षाको सम्भावना ? 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौंलगायत केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।
 
कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

Dabur Nepal
NIC Asia

कोसी र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।  

“काठमाडौंमा गएरातिदेखि नै पानी परिरहेको छ । अहिलेसम्म सामान्यदेखि हल्का वर्षा भएको छ,” मौसमविद् प्रतिभा मानन्धर बाह्रखरीसँग भन्छिन्, “दिउँसो केही समय पानी रोकिए पनि फेरि पर्ने हुन्छ ।” 

साँझ पुनः हल्कादेखि मध्य वर्षा भए काठमाडौंमा भारी वर्षा मापन हुने सम्भावना रहेको उनको भनाइ छ । 

“काठमाडौंमा आजजस्तै शनिबार र आइतबार पनि वर्षा हुनेछ । आजभन्दा तुलनात्मक रूपमा भोलि बढी वर्षा हुनसक्छ ।” आजबाट सक्रिय हुन सुरु भएको प्रणाली कम्तीमा दुई दिन जारी रहने उनको भनाइ छ । 

देशभर नै वर्षा हुने भनिएका स्थानमा केही समय रोकिँदै पानी पर्दै गर्ने मौसमविद् मानन्धरको भनाइ छ । “केही समय वर्षा रोकिएर खुलेजस्तो भए पनि पुनः पानी पर्न थाल्छ,” उनी भन्छिन्, “अबको तीन दिन यो प्रणाली सक्रिय रहँदासम्म यस्तै हुनेछ ।” 

काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । वर्षाका कारण विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ । त्यसैले नदीको तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । वाग्मती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना छ । 

भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन विभागले भनेको छ । 

ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको विभागको भनाइ छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । केही दिन अगाडिसम्म मनसुनको आंशिक प्रभाव रहे पनि हिजोबाट पूर्ण प्रभाव रहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro