site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्री र सांसदहरूले समय दिन नसक्दा कानुन बन्न ढिला भयो : सभापति थापा
फाइल तस्बिर ।

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले समितिले बोलाएको बैठकमा मन्त्री र सांसदहरू उपस्थित हुन नसक्दा कानुन निर्माणमा ढिलाइ भइरहेको बताएका छन् ।

बिहीबार बसेको समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक र नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसद र मन्त्रीलाई बैठकमा उपस्थित हुन आग्रह गरे । तर, समय छैन भन्दै टार्ने गरेकोमा आपत्ति जनाए । बैठक बोलाइसकेपछि समय छैन भनेर एक घण्टामै उठेर हिँड्दा समितिको बैठक बस्नका लागि कोरम नपुग्ने र त्यसले कानुन निर्माण गर्न समय लाग्ने गरेको उनको भनाइ थियो । 

समयसँगसँगै समितिमा आएका विधेयकहरूको छलफलका लागि प्राथमिकता दिन सांसदहरूसँग आग्रह गरे । विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गर्नू भन्ने पत्र समितिलाई पठाएको भन्दै मन्त्रालयको जिम्मेवारी बाहिरको कुरा भएको उल्लेख गरे ।

बैठक गर्ने, बैठक एक, दुई घण्टामा फुर्सद छैन भनेर हिँड्ने, कहिले बैठक गरेर कोरम नपुग्ने, कहिले मन्त्रीको फुर्सद नहुने गरेर कानुन बन्दैनन् । बैठक बोलायो कोरम पुग्दैन । एक घण्टा कुर्नपर्ने अवस्थाको सिर्जना भयो । समयलाई पनि ध्यान दिनुपर्छ र प्राथमिकता पनि दिनुपर्छ, उनले भने । 

उनले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षा विधेयकलाई संसद्मा पेस नगरेसम्म मन्त्रीको प्रस्ताव आए पनि आफू नजाने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro