site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकपको फाइनलमा पुग्न दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य 

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपको फाइनल पुग्न अफगानिस्तानबाट दक्षिण अफ्रिकाले ५७ रनको झिनो लक्ष्य पाएको छ ।

बिहीबार टारोउबामा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटिएको हो ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले १० रन जोडे । यसबाहेक, अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

अफगानिस्तानलाई झिनो योगफलमा रोक्न दक्षिण अफ्रिकाका मार्को जान्सेन र तबरेज साम्सीले समान तीन विकेट लिए । कगिसो रबाडा र एनरिक नोर्ट्जेको नाममा समान दुई विकेट रह्यो ।

प्रतियोगितामा दक्षिण अफ्रिका सुपर–८ को समूह–२ को विजेताका रुपमा सेमिफाइनल आएको हो । 

अफगानिस्तान भने समूह–१ को उपविजेता हो । आजको खेलमा जित निकाल्ने टिमले विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल पनि आज राति नै हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro