देश

काठमाडौं । औषधि व्यवस्था विभागले एक नेपाली कम्पनीको सिरप बिक्रीमा रोक लगाएको छ । बाराको आर्या फार्माल्याब प्रालिबाट उत्पादित सुप्रामोक्स नामक एमोक्सिसिलिन सिरपको ब्याच नम्बर ‘एसएसएमडी ९०००४’ मा समस्या देखिएको हो ।
उक्त एन्टीबायोटिक सिरप राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षाणका क्रममा न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ ।
त्यो ब्याचको औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले कम्पनीलाई निर्देशन दिएको छ । उक्त औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ ।
हाल बजारमा रहेको उक्त औषधि फिर्ता गरी विवरण विभागमा बुझाउन उत्पादक कम्पनीलाई भनिएको छ ।
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ १२:००
प्रतिक्रिया दिनुहोस्