site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना सार्वजनिक
SkywellSkywell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना सार्वजनिक गरेको छ । सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बिमा योजना हो । जसले भविष्यका लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थिक क्षतिबाट बिमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्दछ ।

सबैद्वारा समान बिमा शुल्कमा खरिद गर्न सकिने यस जीवन बिमा योजना, अन्तर्राष्ट्रिय बजारमा निकै नै प्रचलित छ । यसअघिको बिमा योजनाहरूमा उमेरको आधारमा बिमा शुल्क फरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरको कारण बिमा शुल्क फरक नहुने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यस योजनामा लोयल्टी रिवार्डसमेत समावेश गरिएको छ । सिटिजन लाइफ इन्स्योरेन्समा भएका उत्कृष्ट योजनाहरूमध्ये सिटिजन बचत वृद्धि योजना पनि एक हो । थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने यस योजनामा सारिक हुनका लागि न्यूनतम उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ भने अधिकतम उमेर ५५ वर्ष रहेको छ ।

यस योजनाको म्याचुरिटी ७० वर्षसम्ममा हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यस योजनमा बिमा शुल्क भुक्तानी गरेबापत यस योजनाको सर्त तथा बन्देजको अधिनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो, सो घटना घटेमा बिमांक रकम वा अकाउन्ट भ्यालु बिमितलाई भुक्तानी गरिन्छ । बिमांक रकम भन्नाले बिमालेख अन्तर्गत बिमितको मृत्यु लाभ निर्धारण गर्नका लागि बिमालेखको अनुसूचीमा उल्लेखित बिमाको रकमलाई बुझिन्छ ।

अकाउन्ट भ्यालु भन्नाले बिमा शुल्कबाट बिमा रक्षावरण शुल्क, प्रशासनिक खर्चहरू र बिमा शुल्कसँग सम्बन्धित खर्चहरू (यदि भएमा) घटाई, लगानी आय र लोयल्टी रिवार्डलाई जोडी आउने सञ्चित रकम भनेर बुझिन्छ ।

यस बिमा योजनामा न्यूनतम वार्षिक बिमा शुल्क १२ हजार रुपैयाँ रहेको छ । न्यूनतम बिमा अवधि १० वर्ष हुनेछ । बिमितले बिमा शुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिकरूपमा बुझाउन पाउने वयवस्था रहेको कम्पनीले जनाएको छ ।  

कम्पनीले थप सुविधाहरू 'दुर्घटनाबाट मृत्यु लाभ, स्थायी पूर्ण अशक्तता  लाभ, स्थायी आंशिक अशक्तता लाभ' पनि यसै योजना भित्र समावेश गरेको छ । पुराना योजनाहरूमा स्थायी पूर्ण अशक्तता हुँदा मात्र लाभ पाइन्थ्यो भने यस योजनामा स्थायी आंशिक अशक्तता हुँदा पनि लाभ पाइने व्यवस्था रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro