site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
अमेरिकाले इंग्ल्यान्डलाई दियो ११६ रनको लक्ष्य, क्रिस जोर्डनको ह्याट्रिक
SkywellSkywell

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा अमेरिकाले इंग्ल्यान्डलाई ११६ रनको लक्ष्य दिएको छ ।

आइतबार ब्रिजटाउनमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको अमेरिकाले १८.५ ओभरमा सबै विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको हो । अमेरिकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिक विकेट लिए ।

Dabur Nepal
NIC Asia

अमेरिकाका नितिश कुमारले ३० रन बनाए । कोरी एन्डरसनले २९, हर्मित सिंहले २१ र कप्तान आरोन जेम्सले १० रन जोडे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले चार विकेट लिए । २.५ ओभर बलिङ गरेका उनले १० रनमात्र खर्चिए । जोर्डनले १९औँ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् । जारी विश्वकपमा यो तेस्रो ह्याट्रिक हो । यसअघि अस्ट्रेलियाका प्याट कुमिन्सले लगातार दुई खेलमा ह्याट्रिक लिएका थिए ।

आदिल राशिद र साम करणले समान दुई विकेट लिए । रिस टोप्ली र लियम लिभिङस्टोनले समान एक विकेट हात पारे ।

प्रतियोगिताको सुपर–८ मा इंग्ल्यान्ड तालिकाको तेस्रो स्थानमा छ । इंग्ल्यान्डले दुई खेलबाट दुई अंक जोडेको छ । समान खेलबाट दुई अंक नै जोडेको अमेरिका तालिकाको चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro