site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकार विवादसम्बन्धी रिटको पेसी भोलि नै

काठमाडौं । कोसी प्रदेश सरकार विवादसम्बन्धी रिटको पेसी सोमबार (भोलि)लाई तोकिएको छ । आइतबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ नसकिएर ‘हेर्दाहेर्दै’मा राखिएको रिटको पेसी तोकिएको हो ।

गएको जेठ ३१ गते सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा यो रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आइतबार पनि बहस नसकिएको हो । यही इजलासले फैसला दिने गरी सुनुवाइ प्रक्रिया अघि बढाइएको छ ।

कोसीका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । नेपालको संविधानको धारा १६८ (५) अनुसार उनी मुख्यमन्त्री बनेका थिए । आफूविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव समेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरिएपछि उनी सर्वोच्च पुगेका हुन् ।

आफूविरुद्ध अविश्वास प्रस्ताव नल्याएको, राजीनामा नदिएको र पदमुक्त हुने अरू आधार केही नभएको अवस्थामा नयाँ मुख्यमन्त्री नियुक्त गरिएको भन्दै उनले अन्तरिम आदेश माग गरेका थिए । तर, सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश नदिएपछि अन्तिम फैसलामै आदेश हुने गरी सुनुवाइ अघि बढाइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro